सुनको मूल्य प्रति तोला १ लाख ९७ हजार नाघ्यो

काठमाडौँ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ९७ हजार १०० कायम भएको छ । अघिल्लो दिन एक तोला सुनको मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँ पुगेको थियो। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। यसदिन एक तोला चाँदी २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार एक तोला चाँदीको मूल्य २१ सय ५० कायम भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुन तीन हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।