तामाकोशी नदीमा निर्माणाधीन पक्की पुल फेरि भाँचियो

२०८२ असार ९ गते, सोमबार

काठमाडौं । रामेछापको मन्थली नगरपालिका–६ कुनाउरी र ७ भटौलीलाई जोड्ने तामाकोशी नदीमा निर्माणाधीन पक्की पुल फेरी भाँचिएको छ । निर्माणको क्रममा रहेको उक्त पुल आइतबार बिहान दोस्रोपटक भाँचिएको हो । कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको सो पुलको एउटा स्ल्याब गत वैशाखमा पनि भाँचिएको थियो । भाँचिएको सोही स्ल्याब निर्माण भइरहेको बेला आज बिहान फेरि भाँचिएको हो । यो पुल निर्माण सम्पन्न गर्ने म्याद २०८२ साल भदौ मसान्तसम्म छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु