राष्ट्र बैंकद्वारा हुण्डी जस्ता गैर कानूनी कारोबार नगर्न आग्रह

२०८२ असार १७ गते, मंगलवार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्षणिक लाभको लोभमा हुण्डी जस्ता गैर कानूनी कारोबार नगर्न आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै गैर कानूनी कारोबार नगर्न भनेको हो ।
हुण्डीसम्बन्धी कारोबार भन्नाले प्रचलित कानूनबमोजिम मान्यताप्राप्त संस्था वा भुक्तानीको उपकरण बाहेकका अन्य व्यक्ति, उपकरण वा अन्य कुनै माध्यम प्रयोग गरी नेपालबाट विदेशमा वा विदेशबाट नेपालमा कुनै रकम वा मूल्य स्थानान्तरण वा हिसाब मिलान वा भुक्तानी लिने, दिने वा हुने गरी व्यवसाय बनाई गरिने कारोबार भन्ने बुझिन्छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १२५क अनुसार कसैले पनि हुण्डीसम्बन्धी कारोबार गर्न वा गराउन नहुने व्यवस्था छ । यसर्थ, रकम स्थानान्तरणसम्बन्धी कुनै पनि व्यावसायिक कारोबार वास्तविक हिसाब किताब नदेखिने गरी सोसम्बन्धी रकम कुनै पनि माध्यमबाट भुक्तानी लिने वा दिने गर्नु हुँदैन। कसैले हुण्डीसम्बन्धी कसूर गरेमा विगो र सोबाट बढे बढाएको सम्पत्तिसमेत जफत हुने र एक वर्षसम्मको कैद हुने कानुनी व्यवस्था छ ।
राष्ट्र बैंकले नेपालबाट विदेशमा वा विदेशबाट नेपालमा रकम स्थानान्तरण गर्दा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरू र विप्रेषण कम्पनीहरूको मात्र प्रयोग गर्नुपर्ने बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २६ अंकले घट्यो

२०८२ श्रावण २८ गते, मंगलवार

माबिलुङ्ग इनर्जीको आइपीओ खुला

२०८२ श्रावण २७ गते, सोमबार