नेप्से २८.९१ अंकले बढ्यो

२०८२ असार १७ गते, मंगलवार

काठमाडौँ । । नेप्से २८.९१ अंक बढेर २६६० मा कायम भएको छ । अघिल्लो दिन ६ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३ करोडको भयो । आज २१७ कम्पनीको मूल्य बढ्यो भने ३१ को घट्यो । अधिकांश सेक्टरका सूचक बढेका छन् । लगानी समूह सबैभन्दा धेरै २.३८ प्रतिशत बढ्यो ।
बैंकिङ १.०९, विकास बैंक १.२१, फाइनान्स ०.५५, होटल तथा पर्यटन ०.५७, हाइड्रोपावर १.३८, जीवन बीमा १.१२, माइक्रोफाइनानस २.२२, निर्जीवन बीमा १.०५, अन्य ०.४८ प्रतिशत बढे । उत्पादन तथा प्रशोधन ०.०७ र व्यापार समूह ०.६१ प्रतिशत घटे ।
सामुदायिक लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्य बराबर ९.८७ प्रतिशत बढ्यो । त्यस्तै बरुण हाइड्रोपावरको ८.४१, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ८.३१ र सपोर्ट माइक्रोफाइनान्सको ८ प्रतिशत बढ्यो ।

प्रतिक्रियाहरु

[anycomment]