नेप्से ३४ अंकले वृद्धि

२०८२ असार १८ गते, बुधबार


काठमाडौँ । नेप्से ३४ अंकले उकालो लागेर २६ सय ९५ पुगेको छ ।आज सबै समूहमा हरियाली छाउँदा बीमा समूहमा करिब ३ प्रतिशतको वृद्धि आयो । विकास बैंक र वित्त समूह पनि करिब २ प्रतिशतले उकालो लागे । वाणिज्य बैंक समूह पनि डेढ प्रतिशतले उक्लियो । बाँकी पनि अधिकांश समूह दोहोरो अंकले सुधारिए । यसदिन नेपाल स्टक एक्सचेन्जमा ३ सय १७ स्टकको ३ करोड बढी कित्ता शेयर ९ अर्ब ७५ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
यसमध्ये १ सय ८२ स्टकको मूल्य बढ्दा ६५ को घट्यो । बुधबार ग्रीन डेभलपमेन्ट बैंक, खानीखोला हाइड्रो, नेपाल इन्स्योरेन्सलगायत करिब आधा दर्जन स्टकका शेयर सर्किट लेबलमा कारोबार भए । यसदिन एनआरएन इन्फ्रास्टक्चरको कारोबार सबैभन्दा उच्च ५५ करोड बराबरको हुँदा साहस उर्जाको समेत ५० करोडको शेयर किनबेच भयो ।

प्रतिक्रियाहरु

[anycomment]