जगदम्बा स्टील्सको भट्टीमा विस्फोट, एक जना घाइते

२०८२ असार १९ गते, बिहीबार


काठमाडौँ । इलाका प्रहरी कार्यालय सिमराका अनुसार बाराको जितपुरसिमरा उपमहानगरपालिका-२ मा अवस्थित जगदम्बा स्टील्सको भट्टीमा विस्फोट भएको छ । राति करिब ९ः१५ बजे फलाम पगाल्ने क्रममा भट्टीमा अचानक विस्फोट भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विजयराज पण्डितले घटनापछि नजिकै रहेको इलाका प्रहरी कार्यालय सिमराको टोली घटनास्थलमा खटिएको जानकारी दिए ।
विस्फोटको कारण र त्यसबाट भएको क्षतिको विवरण यकिन भइसकेको छैन । प्रहरी प्रवक्ता पण्डितले घटनास्थलको प्रारम्भिक अनुसन्धान भइरहेको बताए ।
उद्योग सञ्चालनमा रहेको समयमा विस्फोट भएको हुँदा सम्भावित मानवीय क्षतिको आशङ्का गरिए पनि एक जना मात्र घाइते भएको जानकारी प्राप्त भएको जनाइएको छ । घाइते हुनेमा भारत विहारको सीतामडी निवासी ३५ वर्षीय अजय बैठा रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेद जोशीले जानकारी दिए । उनका अनुसार अपरेटरको काम गर्दै आएका बैठाको दाहिने हातमा चोट लागेको छ भने आगो नियन्त्रण आइसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ९.१४ अंकले बढ्यो

२०८२ असार १९ गते, बिहीबार

विकास बजेट आधा पनि खर्च भएन !

२०८२ असार १९ गते, बिहीबार

नेप्से ३४ अंकले वृद्धि

२०८२ असार १८ गते, बुधबार