मधेश प्रदेशमा ७१ प्रतिशत बजेट खर्च

२०८२ असार २६ गते, बिहीबार


काठमाडौँ । मधेश प्रदेश सरकारद्वारा चालु आर्थिक वर्षमा ७१ प्रतिशत बाषिर्क बजेट खर्च गरेको छ । मधेश प्रदेशको अर्थ मन्त्रालयले उपल्बध गराएको तथ्याड्ड अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को अन्तिम भुक्तानी असार २५ गते राति १२ बजेसम्म चालुतर्फ ६४ दशमलब ६४ प्रतिशत र पुँजिगत ७५ दशमलब १४ सहित कुल बजेटको ७१ दशमलब ४८ प्रतिशत बजेट खर्च गरेको हो । यो अहिलेसम्मकै सबैभन्दा बढि हो ।
चालु आर्थिक वर्षमा मधेशको कुल ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार बजेट रहेकोमा बुधबार बिहानसम्म २४ अर्ब ७१ करोड ७ लाख ३४ हजार रुपैयाा खर्च भएको थियो भने सो क्रम बढेर बुधबार राति १२ बजे सम्म ३१ अर्ब ३७ करोड ५२ लाख ४३ हजार खर्च भएको जनाईएको छ ।
सबभन्दा बढि अर्थ मन्त्रालयले ८३ दशमलब ६३ प्रतिशत गरेको भने सबभन्दा कम मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले ३४ दशमलब ०६ प्रतिशत खर्च गरेको छ । स्थापनाकाल देखिकै सबभन्दा बढि चालु आर्थिक वर्षमा झण्डै साढे ७१ प्रतिशत खर्च गर्न सफल भएको हो ।
मधेश प्रदेश सरकारले आर्थिक वर्षमा २०७५/०७६ मा ५१ दशमलब ७५ प्रतिशत २०७६/०७७ मा ४० दशमलब ४६, २०७७/०७८ मा ६५ दशमलब ४६, २०७८/०७९ मा ५७ दशमलब ३२ र २०७९/०८० मा ५५ दशमलब ६४ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]