नेप्से ७५.८४ अंकले बढ्यो

२०८२ श्रावण २ गते, बिहीबार

काठमाडौँ । नेप्से ७५.८४ अंकले २८७० अंकमा पुगेको छ । आज २३९ कम्पनीको मूल्य बढ्दा ९ को घट्यो । अघिल्लो दिन १४ अर्ब ३ करोडको कारोबार भएकोमा आज १६ अर्ब ५९ करोडको भयो । आज सबै समूहका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ५.०९ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ १.७६, विकास बैंक १.९५, फाइनान्स २.८०, होटल तथा पर्यटन २.६०, हाइड्रोपावर ३.०४, लगानी ३.१७, जीवन बीमा ३.१४, उत्पादन तथा प्रशोधन २.९४, माइक्रोफाइनान्स २.५०, निर्जीवन बीमा २.१८ र व्यापार १.७६ प्रतिशत बढे ।
तीन कम्पनी ट्रेड टावर, शुभम् पावर र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । इस्टर्न हाइड्रोपावरको ९.९०, बाराही हाइड्रोपावरको ९, नेपाल पुनर्बीमाको ८.५३, मेरो माइक्रोफाइनान्सको ७.६८, युनियन हाइड्रोपावरको ७.५६, माउन्टेन हाइड्रो नेपालको ७.२८ प्रतिशत मूल्य बढ्यो । माइखोला हाइड्रोपावरको ३.७६, कर्पोरेट डेभलपमेन्ट बैंकको १.५७, सांग्रिला डेभलपमेन्ट बैंकको ०.७८ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, बुटवल पावर, राधि विद्युत्, सानिमा माइ हाइड्रोपावर र ङादी ग्रुप क्रमशः अगाडि रहे । बजारको पूँजीकरण ४७ खर्ब ८३ अर्ब पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु