नेप्से ३.७६ अंकले बढ्यो

काठमाडौँ । नेप्से ३.७६ अंकले बढेर २९८२.६४ विन्दुमा पुगेको छ । नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार १८ अर्ब ४९ करोड ४ लाख २८ हजार रुपैयाँ बराबरको ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता शेयर कारोबार भएको छ ।
आज १२३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य स्थिर रहेको छैन । ३२८ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ५४ हजार ६४२ पटक शेयर किनबेच भएको छ । १३ समूहमध्ये ६ समूह बढ्दा ७ समूह घटेको छ । सबैभन्दा बढी हाइड्रोपावर समूह बढेको छ भने कम म्युचुअल फण्ड समूह बढेको छ ।