सुन प्रतितोला १ लाख ९४ हजार ४०० रुपैयाँ

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ४०० रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएको छ।
आज सुन प्रतितोला १ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदी प्रतितोला २ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।