नेप्से परिसूचक १८.३० अंकले बढ्यो

२०८२ श्रावण २३ गते, बिहीबार


काठमाडौँ । नेप्से परिसूचक १८.३० अंकले बढेर २८५० मा कायम भएको छ । आज १८७ कम्पनीको मूल्य बढ्दा ६२ को घट्यो । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ७ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५३ करोडको भयो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै १.३८ प्रतिशत बढ्यो ।
बैंकिङ ०.४३, विकास बैंक ०.४२, होटल तथा पर्यटन ०.६०, हाइड्रोपावर ०.७५, लगानी ०.३०, जीवन बीमा ०.७६, उत्पादन तथा प्रशोधन १.१२, माइक्रोफाइनान्स ०.३६, निर्जीवन बीमा ०.४२, अन्य १.०३ तथा व्यापार ०.९९ प्रतिशत बढे ।
आज सिक्लेस हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.८१ प्रतिशत बढ्यो । त्यस्तै बरुण हाइड्रोपावरको ९.७८, मकर जितुमाया सुरी हाइड्रोपावरकमो ७.५६, खानीखोला हाइड्रोपावरको ६.१९, लिबर्टी इनर्जीको ५.७२, आईसीएफसी फाइनान्सको ४.४२ प्रतिशत बढ्यो । उन्नति सहकार्य लघुवित्तको मूल्य सबैभन्दा धेरे ८.२६ प्रतिशत घट्यो । समाज लघुवित्तको ५.४२, सान्भी इनर्जीको २.७१ तथा मैलुङखोला जलविद्युतको २.६९ प्रतिशत घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा लिबर्टी इनर्जी, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा तथा युनाइटेड मोदी हाइड्रोपावर क्रमशः अगाडि रहे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सार्वजनिक ऋण २९ खर्ब ४२ अर्ब पुग्ने !

२०८२ श्रावण २३ गते, बिहीबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ श्रावण २२ गते, बुधबार

नेप्से ४१.७८ अंकले घट्यो

२०८२ श्रावण २१ गते, मंगलवार