बंगलादेशमा १०३ बस्तु निर्यातको उच्च सम्भावना

२०८२ श्रावण २७ गते, सोमबार


काठमाडौँ । साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोन्मेन्ट (सावती) ले हालै सार्वजनिक गरेको नेपाल-बंगलादेश व्यापारसम्बन्धी प्रतिवेदनले हार्मोनाइज्ड सिस्टम (एचएस) कोड ६ भएका १०३ प्रकारका वस्तुको बंगलादेश निर्यातको सम्भावना उच्च रहेको उल्लेख गरेको छ। अनुसन्धानकर्ताहरूले ८-अंके एचएस कोड स्तरमा १६४ उत्पादनहरू पहिचान गरेका छन्, जुन ६-अंके एचएस कोड स्तरमा १०३ उत्पादन बराबर हुन्छन्। तीमध्ये २६ कृषि उत्पादन र ७७ गैर–कृषि उत्पादन छन्, जसले विभिन्न क्षेत्रहरूमा नेपालको सम्भावना देखाउँछन्।
उत्पादन समूहका हिसाबले ‘खनिज तथा धातु’ सबैभन्दा धेरै संख्यामा रहेका छन्, भने ‘तेलविजन बियाँ, चिल्लो पदार्थ र तेल’ वर्गमा निर्यात मूल्यका हिसाबले अग्रस्थानमा छन्। यसपछि ‘कपडा’ वर्गले पनि बलियो सम्भावना देखाएको छ।
यद्यपि यो सम्भावना हुँदाहुँदै पनि, अध्ययनले उल्लेख गरेको छ कि यी उत्पादनमध्ये धेरैजसोको बंगलादेशतर्फको निर्यात अहिले शून्य वा अति न्यून छ। केही अपवाद बाहेक-जसमध्ये सबैभन्दा उल्लेखनीय बस्तु महसुरो हो। अन्य उत्पादनहरूको निर्यात नगण्य छ।
विज्ञहरुका अनुसार, यस्तो कमजोर निर्यात व्यापारिक अवरोधहरू-चाहे शुल्कीय होस् वा गैर-शुल्कीयका कारण भएको देखिन्छ। जसले नेपाली उत्पादनहरूलाई बंगलादेशी बजारमा प्रवेश गर्न कठिन बनाएको छ।
यस्ता अवरोधहरू अध्ययनको आगामी खण्डमा विस्तृत रूपमा विश्लेषण गरिनेछ। यसले नेपाल र बंगलादेशबीचको आर्थिक सहकार्य विस्तार गर्न हालका व्यापारिक अवरोध हटाउन र नीतिगत पहल आवश्यक रहेको स्पष्ट संकेत गर्दछ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु