नेप्से २६ अंकले घट्यो

२०८२ श्रावण २८ गते, मंगलवार


काठमाडौँ । नेप्से २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा पुगेको छ । आजको कारोबारमा विभिन्न ३२३ कम्पनीका एक करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५०७ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज सिटी होटलको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने समाज लघुवित्तको शेयर ४.३४ प्रतिशतले बढेको छ । त्यस्तै आज सिक्लेस हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले घटेको छ भने उन्नति लघुवित्तको शेयर ८ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेडको २६ करोड ७७ लाख र हिमालयन रिइन्सुरेन्सको २३ करोड ९६ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]