नेप्से २.६२ अंकले बढ्यो

काठमाडौँ । नेप्से २.६२ अंकले बढेर २७८८.३६ विन्दुमा पुगेको हो । आज अघिल्लो दिन ६ अर्ब १६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको भयो । १०८ कम्पनीको मूल्य बढ्दा १४१ को घट्यो । अन्य समूह १ प्रतिशतभन्दा धेरै बढ्यो भने अरु सबै समूहको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.५५, फाइनान्स ०.५३, होटल तथा पर्यटन ०.१०, हाइड्रोपावर ०.२०, जीवन बीमा ०.०५, माइक्रोफाइनान्स ०.१२ र निर्जीवन बीमा ०.२२ प्रतिशत घटे । विकास बैंक ०.१६, लगानी ०.१७, उत्पादन तथा प्रशोधन ०.५७, अन्य १.८० र व्यापार ०.९७ प्रतिशत बढे ।
नेपाल रिपब्लिक मिडियाको मूल्य १० प्रतिशत बढ्यो । पन्चकन्या माइ हाइड्रोपावरको ५.५६, राधि विद्युतको ४.४३ तथा अपर स्याङ्गे हाइड्रोपावरको ४.२२ प्रतिशत मूल्य बढ्यो ।
नेपाल बैंकको मूल्य सबैभन्दा धेरै ५.९१ प्रतिशत घट्यो । सिटी होटलको ३.१६ तथा नेपाल एसबीआई बैंकको २.८० प्रतिशत घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन रिइन्स्योरेन्स र साहस ऊर्जा क्रमशः अगाडि रहे ।