पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको छ भने डिजेल र मट्टिटेलमा प्रतिलिटर एक रूपैयाँ घटाएको छ। योसँगै अब काठमाडौं, पोखरा र दीपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोलको मूल्य प्रतिलिटर १६१ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १४९ रुपैयाँ कायम गरिएको छ। सुर्खेत र दाङ डिपोअन्तर्गत क्षेत्रमा पेट्रोल १६० रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४८ रुपैयाँ कायम भएको निगमले जनाएको छ। चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भवलारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल १५८.५० रुपैयाँ र डिजेल/मट्टितेल १४६.५० रुपैयाँ पर्ने निगमले जनाएको छ।