नेप्से २१.३० अंकले बढ्यो

२०८२ भाद्र ९ गते, सोमबार


काठमाडौँ । नेप्से २१.३० अंकले बढेर २७६१ मा कायम भएको छ । नेप्से बढ्दा पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ५४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७५ करोडको भयो । यस दिन १७९ कम्पनीको मूल्य बढ्दा ७१ को घट्यो । आज दुई पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिको मूल्यमा भएको उच्च वृद्धिले समग्र यो समूह धेरै बढ्यो । त्यस्तै बैंकिङ ०.५८, विकास बैंक ०.९५, फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.४५, हाइड्रोपावर ०.३२, लगानी ०.३४, जीवन बीमा ०.५६, माइक्रोफाइनान्स १.५०, निर्जीवन बीमा ०.३१ तथा व्यापार ०.०५ प्रतिशत बढे । उत्पादन तथा प्रशोधन समूह भने जम्मा ०.०५ प्रतिशत घट्यो ।
दुई कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक र विकास हाइड्रोपावर छन् । साना किसान विकास बैंकको ५.२६, नेपाल पुनर्बीमा कम्पनीको ५.१०, माहुली लघुवित्तको ४.४८, उन्नति सहकार्य लघुवित्तको ४.२५, मिथिला लघुवित्तको ४.२५ तथा हिमालयन रिइन्स्योरेन्सको ३.३६ प्रतिशत मूल्य बढ्यो ।
सिक्लेस हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३.५४ प्रतिशत घट्यो । सीवाईसी लघुवित्तको ३.५० तथा खानीखोला हाइड्रोपावरको २.६३ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, राधि विद्युत् तथा छिमेक लघुवित्त वित्तीय संस्था छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

११ कम्पनी कालोसूचीमा

२०८२ भाद्र ९ गते, सोमबार

नेप्से १८.०२ अंकले घट्यो

२०८२ भाद्र ८ गते, आईतवार