नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

काठमाडौँ । नेप्से परिसूचक ५३.०१ अंकले बढेर २८१९ मा पुगेको छ। बजार बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन जम्मा ४ अर्ब १८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६८ करोडको भयो । २३२ कम्पनीको मूल्य बढ्दा १९ को घट्यो । सबै समूहका सूचक बढेका छन् । विकास बैंक सबैभन्दा धेरे ३.४० प्रतिशत बढ्यो ।

बैंकिङ १.३८, फाइनान्स १.९८, होटल तथा पर्यटन १.६६, हाइड्रोपावर १.८५, लगानी २.१९, जीवन बीमा २.२१, उत्पादन तथा प्रशोधन २.६९, माइक्रोफाइनान्स १.०९, निर्जीवन बीमा १.६८, अन्य २.१४, व्यापार २.६८ प्रतिशत बढे ।
विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । समता घरेलु लघुवित्तको ९.३६, ग्रिन भेन्चर्सको ८.०८, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ७.६०, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ७.२८, नेपाल माइक्रो इन्स्योरेन्सको ५.५३ तथा लुम्बिनी विकास बैंकको ५.२३ प्रतिशत मूल्य बढ्यो ।
नेपाल रिपब्लिक मिडियाको मूल्य सबैभन्दा धेरै ४.२९ प्रतिशत घट्यो । सीवाईसी लघुवित्तको ३.०५ तथा नारायणी डेभलपमेन्ट बैंकको २.०७ प्रतिशत घट्यो । आज रकमका धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, ग्रिन भेन्चर्स, हिमालयन डिस्टिलरी र नेपाल रिपब्लिक मिडिया छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार

नेप्से ४ दशमलव ८३ अंकले बढ्यो

२०८२ भाद्र १० गते, मंगलवार