डिजेल र मटिट्तेलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमका अनुसार डिजेल र मटिट्तेल प्रतिलिटरमा ४ रुपैयाँ मूल्य घटेको छ भने पेट्रोल र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत रहेको छ ।
यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ १ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि ७ अमेरिकी डलर घटेको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेकइभेन पोइन्ट मूल्य कायम गरिएको निगमले जनाएको छ । नयाँ मूल्य गए राति १२ बजेदेखि लागू भएको छ।