सुन प्रति तोला २ लाख पाँच हजार तीन सय

२०८२ भाद्र १६ गते, सोमबार

काठमाडौँ । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज सुन दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनेको थियो । आइतबारको तुलनामा आज सुन प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको हो ।
आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ४७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यको आइतबारको रेकर्ड आज तोडिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से १३ अंकले बढ्यो

२०८२ भाद्र १६ गते, सोमबार

बुङ्गल हाइड्रोको आईपीओ निष्कासन

२०८२ भाद्र १६ गते, सोमबार

डिजेल र मटिट्तेलको मूल्य घट्यो

२०८२ भाद्र १६ गते, सोमबार