नेप्से १३ अंकले बढ्यो

काठमाडौँ । नेप्से १३ अंकले बढेर २७६३.७४ विन्दुमा पुगेको छ । नेप्से बढ्दा समेत कारोबार सामान्य रहेको छ । दिनभरमा ५ अर्ब १० करोड ५७ लाख ४६ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर कारोबार भएको छ ।
बजार बन्द हुँदा १४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनी भने स्थिर भएको छ ।
दिनभरमा ३२६ वटा कम्पनी कारोबारमा आउँदा ६८ हजार ७७५ पटक शेयर किनबेच भएको छ । सोमबार अन्य र ट्रेडिङ समूह बाहेक सबै समूह बढेको छ । सबैभन्दा बढी वाणिज्य बैंक समूह १.५० अंकले बढेको छ ।