सागर डिष्टिलरीको आईपीओ निष्काशन हुँदै

काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) भदौ २५ गते निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गर्ने छ । आइपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।