जुत्ताचप्पलको गोदाममा आगलागी

२०८२ भाद्र २१ गते, शनिबार


काठमाडौँ । कैलालीको लम्की चुहा नगरपालिकामा सञ्चालित जुत्ताचप्पलको गोदाममा आज बिहान पौने तीन बजे आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आगलागिबाट ७० लाख बढीको क्षति भएको बताइएको छ । लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्समा आगलागी भएको हो ।
आगलागी भएलगत्तै लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको हो । आगलागीबाट गोदाममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]