राष्ट्र बैंकद्वारा बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकले विहिबार नेपाली सेनाको बुधबारको विज्ञप्ति अनुसार आवतजावत हुनेगरी अत्यावश्यक बैकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारु हुने व्यवस्था गरि यसको जानकारी गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले भनेको छ- नेपाल सरकार, रक्षा मन्त्रालय, नेपाली सेनाको मिति २०८२/०५/२५ मा जारी विज्ञप्ति नं. १६ अनुसार आवतजावत हुनेगरी अत्यावश्यक बैकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारु हुने व्यवस्था गरिएकोले सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवाबारे सम्बन्धित संस्थाको वेभसाइतवा सामाजिक सञ्जालमार्फत जानकारी प्राप्त गरी सेवा लिन सकिने व्यहोरा सम्पूर्ण सरोकारवालालाई जानकारी गराइन्छ । साथै, यथासम्भव डिजिटल वित्तीय सेवाको प्रयोग गर्नुहुन समेत अनुरोध छ ।