प्रहरीद्वारा बिना बिलका समान किन्न बेच नगर्न आग्रह

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना प्रकाशित गर्दैजेनजी आन्दोलनमा क्रममा अराजक समूहले व्यक्तिहरूले बहुमूल्य गरगहना, सुन, चाँदी, हिरा, र अन्य मूल्यवान् सामानहरू चोरी तथा लुटपाट गरेको विवरण प्रहरी प्राप्त गरेकाले गर्दा बिना बिलका समान किन बेच नगर्न आग्रह गरेको छ ।
जेनजीद्वारा आह्वान गरिएको प्रदर्शनका क्रममा केही समूहले उग्र रूप लिँदै विभिन्न सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, व्यापारिक प्रतिष्ठानहरू र सर्वसाधारणका घरहरूमा तोडफोड र आगजनी गरेका थिए । यस्ता घटनामा संलग्न व्यक्तिहरूले बहुमूल्य गरगहना, सुन, चाँदी, हिरा, र अन्य मूल्यवान् सामानहरू चोरी तथा लुटपाट गरेको विवरण प्रहरीले सार्वजनिक गरेको छ।
प्रहरीले सूचना प्रकाशित गर्दै यस्ता लुटिएका गरगहना विक्री गर्न अपराधी समूहहरूले राजधानीका सुनचाँदी पसलहरू प्रयोग गर्न सक्ने सम्भावनाबारे चेतावनी दिएको हो ।
उक्त विज्ञप्तिमा सबै सुनचाँदी व्यवसायीहरूलाई बिल तथा भरपाईबिना आएको कुनै पनि गरगहना नकिन्न कडाइका साथ आग्रह गरेको छ। साथै यस्ता शङ्कास्पद सामग्री आएमा तुरुन्त प्रहरीलाई खबर गर्न भनिएको छ। ‘यदि कोही व्यक्ति वा व्यवसाय यस्ता आपराधिक क्रियाकलापमा संलग्न पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।