डेडिकेटेड र ट्रंक लाइनको बक्यौता बुझाउन २१ दिनको अल्टिमेटम

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता बुझाउन २१ दिनको अल्टिमेटम दिएको छ। प्राधिकरणले आइतबार सूचना निकालेर उद्योगलाई कात्तिक १७ भित्र डेडिकेटेड र ट्रंकलाइनको बक्यौता बुझाउन अन्यथा कारबाही गर्ने चेतावनी दिएको हो।
शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले ऊर्जामन्त्री कुलमान घिसिङको इच्छाअनुसार डेडिकेटेड र ट्रंकलाइन बक्यौता उठाउने निर्णय गरेको थियो।