सुनको मूल्य अहिलेसम्मकै उच्च !

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको २ लाख २३ हजार २ सय रुपैयाँ कायम भएको छ । महासंघका अनुसार नेपाली बजारमा यो अहिलेसम्मकै उच्च भाउ हो । ८ असोजमा सुनको भाउले २ लाख २३ हजारको आँकडा छोएको थियो । त्यसपछि केही घटेको सुनले आज अर्को कीर्तिमान बनाएको हो ।
शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ बढेको छ । आज चाँदीको भाउ तोलाको २ हजार ८ सय १० रुपैयाँ पुगेको छ । यो पनि रेकर्ड भाउ हो । शुक्रबारको तुलनामा चाँदीमा प्रतितोला ७० रुपैयाँ वृद्धि भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ७ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको देखिन्छ ।