आन्तरिक हवाई भाडादर सार्वजनिक : काठमाडौं-धनगढीको भाडा १७,५७९ रुपैयाँ !

२०८२ आश्विन १७ गते, शुक्रबार


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ। घटनस्थापनाका दिन सार्वजनिक गर्नुपर्ने भाडादर टीकाकाे भाेलिपल्ट सार्वजनिक गरेकाे भन्दै प्राधिकरणकाे आलाेचना भइरहेकाे छ।
दशैं, तिहार तथा छठको समयमा हवाई टिकटको अत्यधिक माग हुनुका साथै सहज उपलब्धता नभई महँगोमा भाडादरमा समेत बिक्री हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न भन्दै प्राधिकरणले देशभित्रका विभिन्न गन्तव्यमा अधिकतम भाडादर सार्वजनिक गरेको हो।
यदि तोकिएको भन्दा बढी भाडा लिएमा कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ।
नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम यात्रुहरुबाट नलिन पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालाई निर्देशन दिइसकेको जनाएको छ। प्राधिकरणले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा धेरै भाडा काठमाडौं-धनगढीको १७ हजार ५७९ रुपैयाँ र सबैभन्दा कम भाडा काठमाडौं–सिमराको ३ हजार ९७८ रुपैयाँ छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु