घुस्याहा प्रधानाध्यापक अख्तियारको फन्दामा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले श्री जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद र विचौलिया अरविन्द प्रकाश साहकानुलाई पक्राउ गरेको छ ।
अख्तियार शिक्षक नियुक्तिका लागि ४ लाख ५० हजार घुस लिएको भन्दै श्री जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद र विचौलिया अरविन्द प्रकाश साहकानुलाई पक्राउ गरेको छ ।
टंगालस्थित अख्यितारबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस/ रिसवत वापतको रकम ४ लाख ५० हजार बिचौलिया अरविन्द प्रकाश साहकानुले लिइसकेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पर्साको वीरगञ्ज महानगरपालिका– १३ अदालत रोडस्थित होटलबाट उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्यितारले जनाएको छ ।