अमेरिकी डलर, युरो र पाउन्डको भाउ घट्यो
काठमाडौँ । अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ। आज १ अमेरिकी डलरको खरिद दर १४०.८२ रुपैयाँ रहँदा बिक्री दर १४१.४२ रुपैयाँ छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १४०.९३ रुपैयाँ रहँदा बिक्री दर १४१.५३ रुपैयाँ थियो।
यस्तै, १ युरोको खरिद दर आज १६३.८३ रुपैयाँ कायम भएको छ। बिक्री दर १६४.५३ रुपैयाँ छ। बुधबार १ युरोको खरिद दर १६४.२७ रुपैयाँ र बिक्री दर १६४.९७ रुपैयाँ थियो।
आज १ पाउन्ड स्टर्लिङको खरिद दर १८६.१४ रुपैयाँ र बिक्री दर १८६.९३ रुपैयाँ रहेको छ। हिजो १ पाउन्ड स्टर्लिङको खरिद दर १८७.५४ रुपैयाँ र बिक्री दर १८८.३४ रुपैयाँ थियो।
