अमेरिकी डलर ,युरो र पाउन्डको भाउ बढ्यो

२०८२ कार्तिक १५ गते, शुक्रबार

काठमाडौँ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।
आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा थियो।
गएको असोज ८ गते अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक महँगो हो।
त्यसैगरी आज युरो १ को खरिदर १६४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०८ पैसा छ। हिजो युरो १ को खरिदर १६३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५३ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५२ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ १४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९४ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९३ रुपैयाँ २४ पैसा थियो।
त्यसैगरी आज कुबेती दिनार १ को खरिदर ४६२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४६४ रुपैयाँ ०१ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४५९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४६० रुपैयाँ ९७ पैसा थियो।
आज बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ २७ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १४ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु