डिजेल-मट्टीतेलको मूल्य घट्याे
काठमाडौँ । नेपाल आयल निगमले डिजेल-मट्टीतेलको मूल्य घटाएको छ । भारतबाट पेट्रोलमा ०.०३ रुपैयाँले र डिजेलमा १.१९ रुपैयाँले घटेर आएकोले निगमले शुक्रबार राति १२ बजेपछि लागू हुनेगरी डिजल-मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँले घटाएको जानकारी दिएको छ ।
निगम सञ्चालक समितिको निर्णयानुसार शनिबारदेखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर डिजेलर मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले घटाइएको तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढाएको निगमले जनाएकाे छ ।
