नेप्से ९.७८ अंकले बढ्यो
काठमाडौँ । नेप्से ९.७८ अंकले बढेर २५५०.३६ विन्दुमा पुगेको छ। आज विकास बैंकको सूचक सर्वाधिक १.५० प्रतिशत र होटल तथा पर्यटन उपसमूहको सूचक १.०७ प्रतिशतले बढेको छ। आज १६७ कम्पनीका लगानीकर्ताले कमाएका छन्। ४ वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। बन्दीपुर केबलकार, सागर डिष्टिलरी, बुंगल हाइड्रोपावर र झापा इनर्जीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।
७६ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ। बजारमा ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ।
साहस ऊर्जाको सबैभन्दा धेरै १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड ५९ लाख र शिवम् सिमेन्टको १६ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ।
