एनपीएलमा सट्टाबाजी गराउन खोज्ने पक्राउ

२०८२ मंसिर ५ गते, बिहीबार


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टाबाजी गराउन खोज्ने दुई जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एनपीएलका खेलाडीलाई स्पोन्सर गर्छौं भनी ह्वाट्स एप र इन्स्टाग्राम मार्फत सम्पर्क गरि हारजितमा प्रभाव पार्न आर्थिक प्रलोभन देखाएर ठगि गर्न खोज्ने भारतको हरियाणाका दलप्रित सिंह र बर्दिया घर भई भारतको चण्डीगढ बस्ने रेबिका सिंह ठकुरीलाई पक्राउ गरेको जानकारी दिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले थप अनुसन्धानका लागि दुवै जनालाई काठमाडौँ जिल्ला प्रहरी परिसर पठाएको जानकारी दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ४.९८ अंकले घट्यो

२०८२ मंसिर ४ गते, बुधबार

अण्डाको मूल्य घट्यो

२०८२ मंसिर ४ गते, बुधबार

नेप्से ९.७८ अंकले बढ्यो

२०८२ मंसिर २ गते, सोमबार