नेप्से ९.६१ अंकले बढ्यो

२०८२ मंसिर ११ गते, बुधबार


काठमाडौँ । नेप्से ९.६१ अंकले बढेर २ हजार ६ सय ६५ दशमलव ६० बिन्दुमा पुगेको छ। आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६९ करोडको भयो । पछिल्लो समय बजारसँग सम्बन्धित धेरै नीतिगत विषयमा सहजता गरिएको छ । जसले लगानीकर्तामा मनोबल केही बढेको छ ।
१४२ कम्पनीको मूल्य बढ्दा १०४ को घट्यो भने ११ को स्थिर रह्यो । बैंकिङ ०.६६, विकास बैंक ०.१२, होटल तथा पर्यटन ०.९९, हाइड्रोपावर ०.२८, उत्पादन तथा प्रशोधन ०.७४, माइक्रोफाइनान्स ०.७१, अन्य ०.४५ र व्यापार ०.६८ प्रतिशत बढे ।
फाइनान्स ०.१६, लगानी ०.१७, जीवन बीमा ०.३२ तथा निर्जीवन बीमा ०.३३ प्रतिशत घटे । चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, झापा इनर्जी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेक छन् । त्यस्तै रिभर फल्स पावरको ९.६१, माहुली लघुवित्तको ९.१८, फस्र्ट माइक्रोफाइनान्सको ८.९५ प्रतिशत मूल्य बढ्यो ।
बोटलर्स नेपाल बालाजुको मूल्य सबैभन्दा धेरै ३.९४ प्रतिशत घट्यो । त्यस्तै उन्नति सहकार्य लघुवित्तको ३.८१, शुभम् पावरको ३.६५ तथा बन्दीपुर केबुलकारको ३.६५ प्रतिशत मूल्य घट्यो ।
धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, बन्दीपुर केबुलकार र हिमालयन रिइन्स्योरेन्स छन् ।

प्रतिक्रियाहरु

[anycomment]