पुष्प हेम कन्स्ट्रक्सन प्रालि र कौशिल बस्नेत निर्माण सेवा प्रालि कालोसूचीमा

२०८२ मंसिर १७ गते, मंगलवार


काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई निर्माण कम्पनीलाई ३/३ वर्षका लागि कालोसूचीमा राखेको छ। धनुषाको पुष्प हेम कन्स्ट्रक्सन प्रालि र काठमाडौंको कौशिल बस्नेत निर्माण सेवा प्रालिलाई कालोसूचीमा राखेको हो।
सकार गरेको ठेक्कामा सम्झौता अनुसार काम नगरेपछि दुवै कम्पनी कार्बाहीमा परेका हुन्। मुरारी घिमिरेको कम्पनी पुष्प हेमलाई कार्वाहीका लागि सिफारिस ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जनता तटबन्ध कार्यक्रम २ नम्बर फिल्ड कार्यालय जलेश्वरले गरेको हो।
यस्तै भक्तबहादुर बस्नेतको कम्पनी कौशिललाई कार्बाही गर्न सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको कार्यालयले लेखिपठाएको सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा मंगलबार जारी सूचनामा छ। दुवै निर्माण कम्पनीले कार्बाहीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।

प्रतिक्रियाहरु

[anycomment]