गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ

२०८२ मंसिर १८ गते, बुधबार

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ । उनलाई प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको घटनामा संलग्न बताउँदै पक्राउ गरिएको हो । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको सम्बन्धमा अनुसन्धान गर्दै आएको प्रहरीले सोही अनुसन्धानको सिलसिलामा शाक्यलाई नियन्त्रणमा लिएको हो। यसअघि बैंकका सीईओ शेरचनसहित ३ जनालाई पक्राउ गरिएको थियो।
प्रभु म्यानेजमेन्ट प्रालिका संस्थापक देवीप्रकाश भट्ट र सञ्चालक कुसुम लामासहित अन्य तीन जनाविरुद्ध रेमिट्यान्स कारोबार र धरौटी रकम भुक्तान नगरी देशभरका विभिन्न सहकारीलाई ठगी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा हालै मुद्दा दर्ता भएको थियो।
गुण समूहले रियल स्टेट, हाउजिङ, सिनेमाघर, मोटर पार्टस र व्यवसायिक भवनहरुमा लगानी गर्दै आएको समूहको वेबसाइटमा उल्लेख छ।

प्रतिक्रियाहरु

[anycomment]