राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने

२०८२ पुष ५ गते, शनिबार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको छ।
केन्द्रीय बैंकले यही पुष ७ गतेभित्र निवेदन दिन आग्रह गरेको छ। राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ९६ कराेड, ‘ख’ वर्गका विकास बैंकमा १८ करोड र ‘ग’ वर्गका वित्त कम्पनीमा ६ कराेड रुपैयाँको रकम लगानी गर्नेछ।
बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको र निष्क्रिय कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ। आफूले लिन चाहेको रकम र ब्याजदरसमेत प्रस्ताव गरी आवेदन दिन केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु