अमेरिकी डलरको मूल्यमा गिरावट

२०८२ पुष ५ गते, शनिबार


काठमाडौँ । अमेरिकी डलरको मूल्यमा उल्लेख्य गिरावट छ। आज डलर १ रुपैयाँ ५५ पैसाले सस्तिएको छ भने युरो र पाउण्ड स्टर्लिङ पनि घटेका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार शनिबार १ अमेरिकी डलरको खरिद दर १४२ रुपैयाँ ५४ पैसा र बिक्री दर १४३ रुपैयाँ १४ पैसा भएको छ। शुक्रबार खरिद दर १४४ रुपैयाँ ९ पैसा र बिक्री दर १४४ रुपैयाँ ६९ पैसा पुगेको थियो। गत शनिबार अमेरिकी डलरको खरिद दर १४४ रुपैयाँ ३७ पैसा र बिक्री दर १४४ रुपैयाँ १७ पैसासम्म पुगेको थियो।
युरोपियन युरोको खरिद दर १६६ रुपैयाँ ९४ पैसा र बिक्री दर १६७ रुपैयाँ ६५ पैसा भएको छ। शुक्रबार खरिद दर १६८ रुपैयाँ ९५ पैसा र बिक्री दर १६९ रुपैयाँ ६६ पैसा पुगेको थियो।
यस्तै पाउण्ड स्टर्लिङको खरिद दर १९० रुपैयाँ ६३ पैसा र बिक्री दर १९१ रुपैयाँ ४४ पैसा भएको छ। शुक्रबार खरिद दर १९२ रुपैयाँ ४० पैसा र बिक्री दर १९३ रुपैयाँ २० पैसा पुगेको थियो।
स्वीस फ्रयांक पनि घटेर खरिद दर १७९ रुपैयाँ १७ पैसा र बिक्री दर १७९ रुपैयाँ ९३ पैसा भएको छ। शुक्रबार खरिद दर १८१ रुपैयाँ २२ पैसा र बिक्री दर १८१ रुपैयाँ ९८ पैसा भएको थियो।
जापानी येनको मूल्यमा उल्लेख्य गिरावट छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६ पैसा र बिक्री दर ९ रुपैयाँ १० पैसा भएको छ। शुक्रबार खरिद दर ९ रुपैयाँ २५ पैसा र बिक्री दर ९ रुपैयाँ २८ पैसासम्म पुगेको थियो।
अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, थाइ भाट, यूएई दिराम, मलेसियन रिंगेट, कोरियन वोन, हङकङ डलर लगायत सबैजसो मुद्राको विनिमय दरमा गिरावट छ।

प्रतिक्रियाहरु

[anycomment]