ज्योती डिस्टीलरी उद्योगमा विष्फोट : १ जनाको मृत्यु, ६ जना घाइते
काठमाडौँ । रौतहटको कटहरीया नगरपालिका-९ मा रहेको ज्योती डिस्टीलरी उद्योगमा आज बिहान बोइलर विष्फोट भएको छ । उक्त विष्फोटमा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीका अनुसार विष्फोटमा लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको छ भने बिगन राय, बलिराम राय, रहमत मिया, कैलाश माली र प्रेमजित राय, र जगदिश राय घाइते भएका छन्। बिहान अचानक ठूलो आवाज सहित डिस्टीलरीको बोइलर विष्फोट भएको थियो । घटनामा गम्भीर घाइतेहरुलाई उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको एसपी कार्कीले बताए ।विष्फोटबारे अनुसन्धान भइरहेको र प्रहरी टोली घटनास्थलमै रहेको उनले बताए ।
