सुनचाँदीको भाउ ह्वात्तै घट्यो

२०८२ पुष १५ गते, मंगलवार


काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ ७ हजार ९ सय रुपैयाँले घटेको जनाएको छ । सोमबार २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार २ लाख ६२ हजार १ सय रुपैयाँ कायम छ । आइतबार यो भाउ २ लाख ७० हजार ६ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको भाउ पनि आज प्रतितोला ३ सय ५ रुपैयाँ घटेको छ । भाउ घटेसँगै चाँदी ४ हजार ५ सय ९० रुपैयाँ कायम भएको छ । आइतबार प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको सोमबार ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]