सुनचाँदीको मूल्य हालसम्मकै उच्च

२०८२ माघ १ गते, बुधबार


काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ७८ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७६ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा ३१५ रुपैयाँले बढेको छ । महासंघले आजका लागि चाँदी प्रतितोला ५ हजार ६५५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]