पेट्रोल-डिजेल र मट्टितेलको मूल्य घट्यो

२०८२ माघ ३ गते, शुक्रबार


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ भने डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँले घटेको छ । निगमले नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १ सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर १ सय ३६ रुपैयाँ कायम भएको जनाएको हो ।
इन्डियन आयल कर्पोरेसनबाट माघ १ गते प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]