सुनको मूल्यमा नयाँ कीर्तिमान !
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २ लाख ८२ हजार रुपैयाँ पुगेको छ। यसअघि आइतबार सुन तोलामा २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। एकै दिनमा सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले बढेको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ५ हजार ८१० रुपैयाँ पुगेको छ भने १० ग्राम चाँदीको मूल्य ४ हजार ९८१ रुपैयाँ कायम गरिएको छ। आइतबार चाँदी तोलामा ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि, डलरको उतारचढाव र लगानीकर्ताको आकर्षण बढ्नुले नेपाली बजारमा पनि सुनचाँदीको मूल्य लगातार उकालो लागिरहेको महासंघको भनाइ छ।
