सुन तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ !
काठमाडौँ । सुनको भाउ तोलामा २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ थियो। आजको मूल्य वृद्धिसँगै १० ग्राम सुनको भाउ २ लाख ९० हजार ८९५ रुपैयाँ पुगेको छ। त्यसैगरी, आज चाँदीको भाउ पनि बढेर तोलामा ७ हजार ५०५ रुपैयाँ र १० ग्रामको ६ हजार ४३४ रुपैयाँ कायम भएको संघले जनाएको छ। आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो ।
