पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएकाले डिजेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको जनाएको हो। बढेको मूल्य २०८२ माघ १८ गते राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। हाललाई डिजेल तथा मट्टीतेल ३ रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ। त्यस्तै ग्यासको मूल्य ४५ रुपैयाँले बढेर आए पनि हाललाई यथावत् राखिएको निगमको सूचनामा उल्लेख छ।
