११ किलो गाँजासहित ३ भारतीय पक्राउ
काठमाडौँ । विमानस्थल सुरक्षा कार्यालय र लागु औषध नियन्त्रण ब्यूरोको टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ४३ वर्षीया समीना अख्तर बेग मिर्जा, २४ वर्षीय मोध जुनैड र ४४ वर्षीय अफ्सन अमीर हुसेन शेख छन् । विमानस्थलको आवगमन टनेल गेटबा उनीहरूलाई शुक्रबार बिहान पक्राउ गरिएको हो ।
