७ महिनामा वैदेशिक झन्डै १३ खर्ब व्यापार

२०८२ फाल्गुन ९ गते, शनिबार


काठमाडौँ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (साउन–माघ)सम्मको तथ्यांकअनुसार सात महिनामा वैदेशिक व्यापार १३ खर्ब रुपैयाँ नजिक पुगेको छ । माघसम्ममा १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख बराबर वैदेशिक व्यापार भएको छ । सो अवधिमा जसमा आयात ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख वस्तु आयात गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १३.६५ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
माघसम्ममा १ खर्ब ६८ अर्ब १४ करोड बराबरको वस्तु निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनमा ३२.१९ प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिमा १ खर्ब २७ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।
तथ्यांकअनुसार कुल वैदेशिक व्यापारमा माघसम्म १५.७६ प्रतिशत सुधार देखिएको छ । अघिल्लो वर्ष यसै अवधिमा कुल वैदेशिक व्यापार आकार ११ खर्ब १५ अर्बमात्र थियो ।
भन्सार विभागका अनुसार या अबधिमा ९ खर्ब ५५ अर्ब व्यापार घाटा भएको छ। कुल वैदेशिक व्यापार आकार १५.७६ प्रतिशतले बढे पनि व्यापार घाटामा केही कमी आएको छ । सात महिनामा व्यापार घाटा ९ खर्ब ५५ अर्ब ३४ करोड बराबर रहेको छ । गत आवको सोही अवधिमा ८ खर्ब ६१ अर्बको व्यापार घाटा थियो ।
नेपालले यो अवधिमा सबैभन्दा धेरै वैदेशिक व्यापार भारतसँग गरेको छ । भारतबाट ६ खर्ब २९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने १ खर्ब ३७ अर्बको वस्तु भारत निर्यात भएको छ ।
त्यस्तै, दोस्रो धेरै व्यापार चीनबाट भएको छ । माघसम्ममा चीनबाट २ खर्ब ३५ अर्ब रुपैयाँको सामान आयात गरेको छ भने ९० करोडको मात्र वस्तु निर्यात भएको छ।
सात महिनाको अवधिमा ७० अर्ब ९९ करोड रुपैयाँ बराबरको कच्चा सोयाबिन तेल आयात भएको छ । सात महिनाको अवधिमा नेपालले १ खर्ब ८० अर्ब ७४ करोड रुपैयाँ बराबर पेट्रोलियम पदार्थ आयात गरेको छ । ९३ अर्ब ७५ करोड बराबरको तेल घ्यू आयात भएको छ । त्यस्तै, आइरन र स्टिल आयात ७७ अर्ब ८५ करोड बराबरको आयात भएको छ ।

यसैबीच,नेपालका बैंकहरुले २०८२/८३ मा चीन, भारत, कतार, संयुक्त अरब इमिरेट्स र अमेरिकाबाट अटोमेटिक टेलर मेसिन (एटिएम) आयात गरेका छन्। चालू वर्षको यो अवधिमा विश्वभरका झन्डै आधा दर्जन देशबाट एटिएम मेसिन आयात गरेका हुन्। यस अवधिमा नेपालका विभिन्न बैंकहरुले ८५८ वटा एटिएम मेसिन ल्याएका छन्। जसमध्ये भारतबाट सबैभन्दा धेरै १ करोड २९ लाख ७७ हजार रुपैयाँ बराबरको ६९८ वटा एटिएम भित्र्याएका छन् भने त्यसपछि चीनबाट १५३ वटा मेसिन भित्रिएका छन्।
यस्तै, कतार ५ वटा एटिएम मेसिन आयात हुँदा अमेरिका र यूएईबाट समान १–१ थान मेसिन आयात भएका छन्। यसैगरी, यो अवधिमा उल्लेख्य मात्रामा पैसा गन्ने मेसिन समेत आयात भएको छ। तथ्यांकअनुसार भारत र ताइवानबाट नेपालमा ‘अटोमेटिक बैंक नोट डिस्पेन्सर’ आयात भएका छन्।
भारतबाट सबैभन्दा धेरै १ करोड २३ लाख रुपैयाँभन्दा बढीको १ हजार ५९ वटा सो मेसिन आयात भएका छन्। यसैगरी, ५७ लाख बराबरको ४४ वटा अटोमेटिक बैंक नोट डिस्पेन्सर भित्रिएका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

११ किलो गाँजासहित ३ भारतीय पक्राउ

२०८२ फाल्गुन ८ गते, शुक्रबार

अण्डाको मूल्य बढ्यो

२०८२ फाल्गुन ६ गते, बुधबार