ग्यास लुकाउने डिलरलाई ५० हजार जरिवाना
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कास्कीले ग्यास लुकाइछिपाइ राखेको आरोपमा एक डिलरलाई कारबाही गरको छ। जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमनका क्रममा ग्यास लुकाइछिपाइ राखेर कृत्रिम अभाव खडा गरेको भन्दै पोखरा– ६ जरेवरमा रहेको भण्डारी ट्रेडर्सलाई ५० हजार जरिवाना लगाएको हो।
कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले उक्त डिलरले ४८ थान ग्यास सिलिण्डर (१४.२ केजी) अनुचित रूपमा लुकाइछिपाइ राखेर कृत्रिम अभाव खडा गरेको पाइएकाले जरिवाना लगाएको बताइन्। शनिबार भएको अनुगमनका क्रममा उक्त डिलरले एउटा सिलिण्डरबाट अर्को सिलिण्डरमा ग्यास सार्ने उपकरण पनि फेला परेको सिडिओ शर्माले बताइन्।
