प्रवास

तालीवानी आक्रमणवाट चार नेपालीको मृत्यु

काठमाडौं, १८ असार : अफगानस्तानको राजधानी काबुलमा भएको आत्मघाति बम आक्रमणमा चार नेपालीको ज्यान गएको छ । तालिवानले गरेको आत्मघाती बम आक्रमणमा चार नेपाली सुरक्षागार्डको ज्यान गएको काबुलका प्रहरी प्रमुख मोहम्मद अयुव सलङ्गाईलाई उद्धृत गर्दै न्यूयोर्क टाईम्सले जनाएको छ । उनीहरुको परिचय खुल्न सकेको छैन । सो आक्रमणमा चार नेपालीसहित १० जनाको ज्यान गएको छ […]

२०७० असार १८ गते, मंगलवार

विश्व नेपाली साहित्य महासङ्घमा तिगेला

काठमाडौँ, १५ असार । विश्व नेपाली साहित्य महासङ्घको विश्व केन्द्रीय समितिका अध्यक्षमा साहित्यकार विश्वासदीप तिगेला निर्वाचित भएका छन भने उपाध्यक्षहरुमा सागर श्रेष्ठ (साउदी अरेबिया), वेद दाहाल (अमेरिका), मनि राई ‘गोठाले’ (मलेसिया), र सुरेन्द्र लिम्बू ‘परदेशी’ (भारत), महासचिवमा समदर्शी काइँला(युएई), सचिवमा खगेन्द्र अधिकारी (साउदी अरेबिया), सङ्गठन सचिवमा हरि शिवाकोटी(क्यानडा), उपसचिवमा देवेन्द्र खापुङ (नेपाल), आर्थिक सचिवमा केदार […]

२०७० असार १५ गते, शनिबार

अमेरिकाका गैरकानुनी आप्रवासीले ग्रिनकार्ड पाउने

अमेरिका, १४ असार- अमेरिकामा गैरकानुनी रुपमा बस्दै आइरहेका एक करोड बाह्र लाखभन्दा बढी आप्रवासीहरुका लागि बिहिवार एक ऐतिहासिक दिन बनेको छ। बृहत अध्यागमन कानुन सुधार सम्बन्धी विधेयकलाई अमेरिकाको माथिल्लो सदन सिनेटले हिजो बहुमतले पारित गरेको छ। अब यो विधेयकलाई संसदको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ (कंग्रेस) ले पनि पारित गरेमा अमेरिकामा गैरकानुनी रुपमा बसिरहेका सबै […]

२०७० असार १४ गते, शुक्रबार

दुबई पुगेका नेपालीको बिजोग

काठमाडौं,१३ असार – दुबई पुगेका चार नेपाली कामदार सम्झौता अनुसारको तलब पाउनबाट बञ्चित बनेका छन् ।मासिक २ हजार ७ सय ७० दिराम पाउनेगरी ललितपुरस्थित स्प्रिङ नेपाल ह्यूमन रिसोर्स प्रालिमार्फत ६ महिनाअघि दुबई पुगेका खोटाङको जलेश्वरी–३ का मोहनकुमार राईसहित मनोज भुजेल, सन्दीप ढकाल र प्रदीप ढकाल सम्झौता अनुसारको तलव पाउनबाट बञ्चित भएका हुन् ।हाल इमिरेट्स ट्रान्सपोर्टेशन […]

२०७० असार १३ गते, बिहीबार

तालिबानको आक्रमणबाट एक नेपालीसहित १० को मृत्यु

पाकिस्तान, ९ असार– पाकिस्तान प्रशासित कस्मिरको गिल्गिट–बाल्टिस्तान पर्यटकीय क्षेत्रमा मारिने १० विदेशी आरोहीमा एक नेपाली पनि भएको खुलासा भएको छ । मृत्यु हुनेमा सोना शेर्पा नाम गरेका हिमाल आरोही भएको बताइएको छ । उनी नेपाल–आधारित सेभेन समिट ट्रेकसँग सम्बद्ध थिए । अज्ञात समूहले आइतबार १ बजे राति होटेलमै आई अन्धाधुन्द गोली प्रहार गर्दा ५ युक्रेनियन, […]

२०७० असार ९ गते, आईतवार

बाढी पीडितका लागि एनआरएन जुर्मुर्यायो

जुरिख स्वीट्जरल्याण्ड, ९ असार । स्वीट्जरल्याण्डको जुरिखमा जारी गैर आवासीय नेपाली संघ छैठौं यूरोपियन क्षेत्रीय भेला तथा चौथो महिला क्षेत्रीय सम्मेलनमा पश्चिम नेपालमा गत साता आएको बाढी पीडितको सहयोगार्थ एकै दिनमा करिब ६० लाख नेपाली रुपियाँ सहयोग उठेको छ । हालै मात्र दैवी विपत्तीको चपेटामा परेको पश्चिम नेपालको बाढी पहिरोमा परि हजारौं मानिसहरु प्रभावित हुनुका […]

२०७० असार ९ गते, आईतवार

विश्वको फेन्टासी महिलाको सूचीमा नेपालकी अमृता पनि

काठमाडौँ । नाम कहलिएका सेलीबे्रटीहरुको सूचीमा एक नेपाली युवती पनि परेकी छिन् । हलिउड-बलिउडतिर नाम कहलिएका सेलिबे्रटीहरुको गतिविधि प्रकाशित गर्दै आएको बहुराष्ट्रिय पत्रिका पिपुलले तयार पारेको विश्वका एकसय जना ‘फेन्टासी’ युवतीको सूचीमा नेपालकी अमृता आचार्य पनि परेकी हुन् । हलिउडका ‘सेक्सी’ सेलिबे्रटीहरु जेनिफर लरेन्स, मिला कुनिज, केट अप्टन, रिहन्ना, एम्मा, स्टोन, मिरान्दा, केर, क्रिस्टन स्टेवार्ट […]

२०७० असार ८ गते, शनिबार

साउदीमा नेपालीहरु अलपत्र

काठमाडौं, ७ असार । आममाफीको अवसरमा घर फिर्न काम छाडेर बसेका ठूलो संख्याका नेपाली साउदी अरबका विभिन्न ठाउँमा अलपत्र परेका छन् । साउदी सरकारका निकायहरुबीच आपसी समन्वय नुहँदा उनीहरु अप्ठ्यारोमा परेका बताएइको छ ।उनीहरु दमाम, जेद्दाका पार्क, पुल र रुखमुनि रात बाट्न बाध्य छन् । सबै प्रक्रिया पूरा भए पनि हवाई टिकट नपाएर खजुरको रुखमुनि […]

२०७० असार ७ गते, शुक्रबार

यूएईमा च्यारिटी सांगितिक कार्यक्रमको तयारी पूरा

यूएई-जुन २०- दुवै मिर्गौला खराब भई उपचार गराई रहेका झापा दमकका आशिष खनालको उपचारको सहयोगार्थ युएइको अबुधाबीमा भोलि शुक्रबार आयोजना हुने च्यारिटी सांगीतिक कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको छ । मृगौला पीडित खनालको उपचार सहयोगका निमित्त गठित आशिष उपचार सहयोग समितिको पहलमा प्रतिभा मन्च यूएइको आयोजना र पथरी युवा समाज यूएईको सह आयोजनामा भोलि २१ […]

२०७० असार ६ गते, बिहीबार

कतारमा गाडी दुर्घटना,तीन नेपालीको मृत्यु, १३ घाइते

कतार, ६ असार– वैदेशिक रोजगारका लागि कतार गएका कामदार चढेको गाडी दुर्घटना हुँदा तीन जना नेपालीको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये पाँचको अवस्था गम्भीर छ । स्थानीय पेनिन्सुला दैनिकका अनुसार मृत्यु हुने नेपालीमा कृष्णराज वंशी, पशपल धमला र बृजनाथ पण्डित छन् । उनीहरुको पूरा ठेगाना खुलाइएको छैन । मृत्यु […]

२०७० असार ६ गते, बिहीबार