प्रवास

पवन चाम्लिङको साम्राज्य ढल्याे

काठमाडौं, १० जेठ । सिक्किममा २५ वर्षदेखि एकछत्र सरकार चलाइरहेका पवन चाम्लिङको सत्ता यस पटक ढलेकाे छ । चाम्लिङ नेतृत्वको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ) लाई सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) ले २५ वर्षपछि सत्ताबाट बहिर्गमन गराएको हो । सिक्किममा ३२ वटा विधानसभा क्षेत्रमध्ये छन् । चाम्लिङ नेतृत्वकाे एसडीएफ यस चुनावमा १५ सिट जित्न सफल भयाे । एसकेएमले […]

२०७६ जेष्ठ १० गते, शुक्रबार

भारतमा लोकसभा निर्वाचनको मतगणना सुरु

काठमाडौं, ९ जेठ । भारतमा आजदेखि लोकसभा निर्वाचनको मतगणना सुरु हुँदैछ । ५ सय ४५ सदस्यीय लोकसभामध्ये ५ सय ४३ स्थानका लागि भएको निर्वाचनको मतगणता आजदेखि सुरु हुन लागेको हो । विद्युतीय मेसिनमार्फत मतगणना हुने भएकाले आज साँझसम्ममा अधिकांश स्थानको नतिजा आउने अपेक्षा गरिएको छ । मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतीय […]

२०७६ जेष्ठ ९ गते, बिहीबार

पर्यटक सवार बसमा विस्फोट, १६ जना घाइते

काठमाडौं , ६ जेठ । इजिप्टमा पर्यटक चढेको बसलाई लक्षित गरी गराइएको विस्फोटमा कम्तीमा १६ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । ग्रान्ड इजिप्टसियन संग्रहालय नजिकबाट अघि बढेको बसलाई लक्षित गरी विस्फोट गराइएको हो । बिस्फोटका कारण बसमा क्षति भएको छ । बसमा दक्षिण अफ्रिकाका २५ र इजिप्टका ३ […]

२०७६ जेष्ठ ६ गते, सोमबार

भारतमा अन्तिम चरणको मतदान हुदै

काठमाडौं, ५ जेठ । भारतमा आइतबार लोकसभा निर्वाचनअन्तर्गत सातौं अन्तिम चरणको मतदान भइरहेको छ । अन्तिम चरणमा विभिन्न राज्यका ५९ लोकसभा सिटका लागि मतदान हुँदैछ । आज भइरहेको मतदानमा प्रधानमन्त्री नरेन्द्र मोदीको समेत भाग्य फैसला हुने छ । उनी उम्मेदवार रहेको वाराणसी क्षेत्रमा पनि आजै मतदान हुँदैछ । मोदी शनिबारदेखि तीर्थयात्रामा छन् । बद्रीनाथ, केदारनाथ […]

२०७६ जेष्ठ ५ गते, आईतवार

जन प्रगतिशिल मोर्चा कतारको महिला भेला सम्पन्न

काठमाडौं, ३० बैशाख । नेपाल कम्युनिस्ट पार्टीनिकट नेपाली जनप्रगतिशिल मोर्चा कतारको महिला बिभाग अन्तरगत केशरी बोहोराको अध्यक्षतामा ११ सदस्यीय अल समाल इकाई गठन भएको छ । मोर्चाका केन्द्रीय सदस्य तथा महिला बिभाग प्रमुख जमुना श्रेष्ठको प्रमुख आतिथ्य तथा केशरी बोहोराको अध्यक्षता एवं संचालनमा सम्पन्न भएको छ । जसमा अध्यक्ष केशरी बोहोरा, सचिव दिल कुमारी राई, […]

२०७६ बैशाख ३० गते, सोमबार

भारतमा छैटौं चरणको मतदान आज

काठमाडौं, २९ बैशाख । भारतमा जारी लोकसभा चुनावअन्तर्गत आज छैटौं चरणको मतदान भइरहेको छ । यो चरणमा विभिन्न ७ राज्यका ५९ लोकसभा सदस्यको भाग्यको फैसला हुने छ । तीमध्ये दिल्लीका सात वटा लोकसभा क्षेत्रमा पनि आजै मतदान भइरहेको छ । भारतको राजधानीसमेत भएकाले दिल्लीको सरगर्मी र नतिजामाथि सबैको चासो छ । १ करोड ४३ लाख […]

२०७६ बैशाख २९ गते, आईतवार

बिहारसँग जोडिएका सीमा नाका बन्द

काठमाडौं, २७ बैशाख । बिहारमा हुने लोकसभा निर्वाचनलाई लक्षित गरेर नेपालसँग सीमा जोडिएका नाका तीन दिन बन्द हुने भएको छ । छैठौं चरणको निर्वाचनलाई लक्षित गर्दै आजदेखि आइतबारसम्म नाका बन्द गरिने भएको हो । सीमा नाका बन्द हुँदा मुलुकको प्रमुख वीरगन्ज भन्सार नाकासमेत तीन दिन बन्द हुने भएको छ । दुवै पक्षको सहमति र समन्वयमा […]

२०७६ बैशाख २७ गते, शुक्रबार

जनप्रगतिशिल मोर्चा कतारका केन्द्रिय सचिव बोहोरासहित तीनजना निलम्बन

काठमाडौं , २५ बैशाख । नेपाली जनप्रगतिशिल मोर्चा कतारले क्रान्ती र मोर्चाको काम कर्तव्य र अनुसान भन्दा बाहिर रहि काम गरेको भन्दै मोर्चाका केन्द्रिय सचिव बेद बोहोरा, सदस्य द्वय रामहरी अर्याल (सुजक), दिपक ओलिलाई अर्को सुचना नआए सम्मको लागि सम्पुर्ण जिम्मेवारीहरुबाट निलम्बित गरिएको बताएको छ । यस बिषयमा मोर्चाका अध्यक्ष शिशिर भण्डारीले जारी गरेको प्रेस […]

२०७६ बैशाख २५ गते, बुधबार

भारतका सात राज्यका ५१ स्थानमा निर्वाचन हुँदै

काठमाडौं, २३ बैशाख । भारतको सात राज्यका ५१ स्थानका लोकसभाका लागि आज पाँचौं चरणको मतदान शुरु भएको छ । यस चुनावमा । पाँचौं चरणको यस चुनावमा उत्तर प्रदेशका १४, राजस्थानका १२, पश्चिम बंगाल र मध्यप्रदेशमा सात–सात, बिहारमा पाँच र झारखण्डमा चार स्थानमा मतदान हुँदैछ । जम्मु काश्मिरको लद्दाख तथा अनन्तनागका लागि पुलवामा र शोपियाँ जिल्लामा […]

२०७६ बैशाख २३ गते, सोमबार

श्रीलङ्काद्वारा २०० इस्लामिक धर्मगुरुसहित ६ सय विदेशीलाई देश निकाला

काठमाडौं, २३ बैशाख । आफ्नो देशको शान्ति र सुरक्षामा दखल परेको भन्दै श्रीलङ्काले इस्लामिक धर्मगुरु साथै अन्य विदेशीहरुलाई देश निकाला गरेको छ । केही दिनअघि त्यहाँको गिर्जाघर र विभिन्न होटलमा चरणबद्ध आक्रमण गरी ठुलो सङ्ख्यामा मानिसको ज्यान गएपछि श्रीलङ्का सरकारले यो ‘एक्सन’ लिएको हो । त्यहाँको सरकारले २०० जना इस्लामिक धर्मगुरु र चार सयजना अन्य […]

२०७६ बैशाख २३ गते, सोमबार